![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Yubaraj-Khatiwada.png?resize=720%2C601)
काठमाडौं ६, साउन । सरकारले लकडाउन खुला गरेको छ। कोरोना भाइरसको महामारी फैलिएपछि गएको चैत ११ गतेदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गरेको लकडाउन १२० दिनपछि खुला गरेको हो।
मङ्गलबार मध्य रातिदेखि लकडाउन खुला हुने छ। गएको जेठ २६ गतेसम्म भने पूर्ण रूपमा लकडाउन कार्यान्वयन गरिएको थियो। तर, त्यसपछि क्रमशः लकडाउनलाई खुला गर्दै सरकारले लगेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई पूर्ण रूपमा हटाइएको बताए। उनकाअनुसार साउन १५ बाट होटल र रेस्टुरेन्ट खोलिने छ। तर, भोज र पार्टी गर्न पाइने छैन।
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न भदौ १ गतेबाट पाइने र सरकारी कार्यालयमा अब नियमित काम हुनेछ । यसअघि दुई सिफ्टमा काम हुने गरेको थियो।
सरकारले अझै पनि शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरू, पुस्तकालय, संग्राहलयहरू र चिडियाखाना बन्द रहने जनाएको छ।
भदौ १ गतेदेखि भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुनेछ ।
प्रतिक्रिया