१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

मन्त्री नेम्बाङको पहलमा फिदिम माविमा कम्प्युटर ल्याव स्थापना



पाँचथर, ५ साउन । पाँचथरको सदरमुकाम स्थित फिदिम माविमा कम्प्युटर ल्यावको स्थापना गरीएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङको पहलमा नेपाल दुर सञ्चार प्राधिकरणद्वारा ल्यावका सामाग्री उपलब्ध भएको फिदिम माविका प्रधानाध्यापक विनोद ठाकुरले जानकारी दिए ।

प्राधिकरणबाट २४ थान ब्राण्डेड कम्प्युटर, युपिएस, सीसीटिभी, प्रोजेक्टर, प्रोजेक्टर स्कृनलगायतका सामाग्री प्राप्त भएको ठाकुरले जानकारी दिए ।

ठाकुरले उक्त प्रविधिले फिदिम माविलाई डिजिटल प्रविधिमा लैजान सहज हुने बताए । प्रविधि थप भएकाले बालबालिकाहरुलाई समेत सहज हुने उनले बताए ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००