१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

किशोरी करणी गरेको अभियोगमा २ बालक पक्राउ



पर्वत, ५ साउन । किशोरी करणी गरेको अभियोगमा २ बालकलाई प्रहरीलेपक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ वर्षीय र १४ वर्षीय दुई बालकहरु लाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने साउन २ गते बिहान खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी घटनाको सन्दर्भमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ००:००