काठमाडौं, ५ साउन । विश्वभरमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण यो समाचार तयार पर्दासम्म ६ लाख भन्दा बढीको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वमा ६ लाख ८ हजार ९११ जनाको मृत्यु भएको छ भने १ करोड ४६ लाख ४४ हजार ३६० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ३५ हजार २९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार २८९ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख ९८ हजार ५५० जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख २ हजार ३३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ५५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा कोरोनाबाट ७९ हजार ५३३ जनाको मृत्यु भएको छ भने २० लाख ९९ हजार ८९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ७१ हजार २२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा २७ हजार ५०३ जनाको मृत्यु भएको छ भने ११ लाख १८ हजार १०७ जनालाई संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ३५२ जनाको मृत्यु भएको छ भने ९ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया