काठमाडौं ४, साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर हालसम्मकै बढी शनिबार देखिएको छ।
विश्व स्वास्थ्य संगठनले २ लाख ६० हजार संक्रमित देखिएको जनाएको छ।संगठनका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा देखिएका छन्।
शनिबार नै कोभिड–१९ बाट ७ हजार ३ सय ७० मानिसको मृत्यु भएको छ। जुन मे महिनापछि सबैभन्दा सङ्ख्यामा संक्रमितको मृत्यु भएको हो।
प्रतिक्रिया