२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

अव सार्वजनिक यातायात पनि चल्ने



काठमाडौं, ३ साउन । सार्वजनिक यातायात अब तीन दिन भित्रमा चल्ने भएको छ । सरकारले आवश्यक तयारी र व्यवसायीलाई राहत नल्याएका भन्दै व्यवसायीहरुले यातायात व्यवसायीहरुले सवारी नचलाउने भन्दै अन्दोलन थालेका थिए ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायीले सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।

उनीहरुले राखेको बैंकको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु सकारात्मक भएका हुन् ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । तर कोरोना भाईरस कोभिड १९ बाट आफू जोगिएर यात्रुको सुरक्षित यात्रा गराउन अहिलेकै अवस्थामा नसकिने बताएका व्यवसायीले केही दिनमा नै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् ।

प्रकाशित : ३ श्रावण २०७७, शनिबार ००:००