काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पछिल्लो समय पार्टीमा देखिएको विवाद नसुल्झिएपछि स्थायी कमिटीको बैठक रोकेर सचिवालय बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जना नै सदस्य सहभागी छन् ।
हिजो (शुक्रवार) बोलाइएको स्थायी कमिटि बैठक चार घण्टा पर सारेर पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक आजको लागि डाक्ने गरि स्थायी कमिटि बैठक पनि रोकिएको थियो । सचिवालय बैठक अघि अध्यक्षद्वयबीच भेटवार्ता भएको थियो ।
प्रतिक्रिया