२० माघ २०८१, आइतबार । February 2, 2025

तस्बिर

इन्जिनियरिङ परिषद ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ : मन्त्री नेम्बाङ



काठमाडौं ३, साउन । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद ऐन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

उनले संसदको आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने पनि बताए। इन्जिनियरिङ पेशालाई मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोशेढुङ्गा सावित हुने मन्त्री नेम्बाङको दाबी छ

‘इन्जिनियरिङ परिषद ऐन राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएर संसदको विकास समितिमा भरपुर छलफल भयो’, मन्त्री नेम्बाङले शनिबार नेपाल इन्जिनियर्स एशोसिएसनको ५८ औं दिवसलाई सम्बोधन गर्दै भने, ‘ऐनमा राखिएका प्रावधानहरू परिस्कृत बनाएर फेरि प्रतिनिधिसभामा प्रस्तुत हुने अवस्थामा छ, अब हिउँदे अधिवेशनबाट पारित हुन्छ।’

मन्त्रि नेम्बाङकाअनुसार इन्जिनियरको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण र स्टाफ कलेजको कुरा उठेको भन्दै त्यसका लागि विद्येयकको मस्यौदा तयार भइरहेको छ।

‘यहाँहरू (इन्जिनियरहरू) को सुझाव प्राप्त भइरहेको छ’, मन्त्री नेम्बाङले भने, ‘विद्येयकलाई सरकारले अगाडि बढाउने कुरामा दुई मत छैन, सरकारको तर्फबाट सकेसम्म विद्येयकलाई चाँडै अगाडि बढाउने कुरा जानकारी गराउँछु।’

उनले प्रशासकीय क्षेत्रका कर्मचारीको भन्दा इञ्जिनियरिङ क्षेत्रका कर्मचारीको दक्षता र भूमिका कम नरहेको उल्लेख पनि गरे। यसले गर्दा स्थानीय तहमा प्रशासन र इन्जिनियरिङ क्षेत्रका कर्मचारीबीच विभेद भएको भए त्यसतर्फ सरकारले यथेस्ट ध्यान दिने आश्वासन दिए।

कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले इन्जिनियरहरूको पेशागत स्वास्थ्य सुरक्षामा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ।

हाल परिषदअन्तर्गत देशभर करिब ५९ हजार इन्जिनियर आबद्ध छन्।

प्रकाशित : ३ श्रावण २०७७, शनिबार ००:००