काठमाडौं, ३ साउन । महामारीको रुपमा विश्वभरीनै फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ करोड ४१ लाख ८९ हजार २० जनालाई संक्रमण पुष्टि भएको छ ।
८४ लाख ५५ हजार १६५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । विश्वमा ६० हजार १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४२ हजार ६४ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ७० हजार १२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १७ लाख ४१ हजार २३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख ४८ हजार ६९७ जनालाई संक्रमण भएको छ भने ७७ हजार ९३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म २६ हजार २८५ जनाको मृत्यु भईसकेको छ भने १० लाख ४० हजार ४५७ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख ५४ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्ला २४ घण्टामा विश्वमा ८०२ जनाको मृत्यु भएको छ भने ९ हजार २६८ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया