२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

पछिल्लो २४ घण्टामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ००:००