काठमाडौं, २ साउन । भयाभय रुपमा फैलिएको कोरोनाभाइरबाट १ करोड ३९ लाख भन्दा बढीलाई संक्रमण देखिएको छ ।
एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ९५७ पुगेको छ ।
एकै दिन २ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया