२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा तीन जनाको मृत्यु



काठमाडौं २, साउन । कास्कीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८, खोरामुखमा पहिरो जाँदा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो गएको हो। पहिरो गएको कतिबेला हो भन्ने नै यकिन नभएको र आफूहरूले बिहान मात्रै थाहा पाएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए।

उनकाअनुसार प्रहरी टोलीले घटनास्थल पुगेर शव बाहिर निकाली सकेको छ।

भर्खरै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ पनि घटनास्थल पुगेका छन्।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ००:००