काडमाडौं २, साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी सूचना महाशाखाले आज (शुक्रबार) देशका प्रमुख तथा मझौला नदीमा बहाव बढ्ने जनाएको छ।
महाशाखाका अनुसार सतर्कता तह भने तलै हुनेछ। भोलि र पर्सी कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र त्यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
पर्सी बेलुकासम्म कमला,बागमती र त्यसका सहायक नदीमा बहाव सतर्कता तह आसपास सम्म पुग्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
प्रतिक्रिया