२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

आज कतै हल्का र कतै भारी वर्षाको सम्भावना



काठमाडौं, १ साउन । देशको केही ठाउँमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार मौसम आंशिक देखि सामान्य बदली रहने छ। राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा सतर्कता अपनाउन आग्रह पनि गरेको छ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार ००:००