काठमाडौं ३१, असार । रिक्त रहेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा प्रहरी नायव महानिरीक्षकहरू निरज शाही र प्रधुम्न कार्की सिफारिसमा परेका छन्।
बढुवा समितिको बुधबार बसेको बैठकले वरियतामा अघि रहेका शाही र कार्कीलाई सिफारिस गरेको हो।
दुबै जना कार्यक्षमता र वरिष्ठताका आधारमा एआइजी पदका दाबेदार थिए। तर, पनि एआइजीको दौडमा डिआइजीहरू विश्वराज पोखरेल र सहकुल थापा पनि थिए।
शाही हाल प्रहरी प्रधान कार्यालय नक्सालमा केन्द्रीय प्रहरी प्रवक्ता र कार्की पनि नक्सालकै विशेष व्यूरोमा कार्यरत छन्।
प्रतिक्रिया