काठमाडौं ३१ असार । साझा यातायातले भोलीबाट सेवा थाल्ने भएको छ । २६ वटा बसले ८ वटा रुटमा सेवा सुरु गर्ने साझाको व्यवस्थापनले जनाएको छ ।
कोरोना संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको साझाले उल्लेख गरेको छ ।
सरकारले तोकेका सबै मापदण्ड पालना गरि बस सञ्चालन गरिने छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ ।
‘सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि कम्पनीहरुले यातायात सञ्चालन गर्न थालेका छन् ।
प्रतिक्रिया