![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/neta.png?resize=600%2C565)
काठमाडौं ३०, असार । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डका सैन्य इञ्चार्ज पक्राउ परेका छन्।
मोरङको उर्लाबारीबाट इञ्चार्ज नन्दबहादुर बोहोरा आज (मङ्गलबार) पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोल, गोली, बम र डेटोनेटर पनि बरामद गरेको जनाएको छ।
कालिकोटको फेनेली घर भएका ४० वर्षीय बोहोराको पार्टीमा नन्दकिशोर उपनाम हो। प्रहरीका अनुसार उनी विभिन्न सातवटा बम बिस्फोटका घटनाका फरार अभियुक्त हुन्।
गत १३ जेठमा मोरङको सुन्दरहरैचा–७ को बिजुलीको पोलमा प्रेसर कुकर बम राखेको, मोरङको पथरी शनिश्चरे–१ को पानीट्याङकी छेउमा गत ११ चैतमा बम राखेको, गत ५ माघमा मोरङ मिक्लाजुङ्ग– १ साकेला थानमा ३ वटा स्काभेटरमा बम बिस्फोट गराएको अभियोग बोहोरालाई लागेको छ।
मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार बोहराले गत १० माघमा मोरङको केराबारी गाउँँपालिकाको कार्यालयमा र १२ माघमा केराबारी–२ मा एनसेलको टावरमा बम बिस्फोटन गराएको, गत २३ भदौमा झापा बिर्तामोड २ चारपाने चौकको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा प्रेसर कुकर बम बिष्फोट गराएका थिए।
प्रतिक्रिया