![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/ministry-of-foreign-of-nepal.png?resize=600%2C371)
काठमाडौं ३०, असार । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिसँग कुनै किसिमको राजनीतिक सम्बन्ध नभएको स्पष्ट पारेको छ।
मन्त्रालयले प्रम ओलीले कसैको भावनामा चोट पुर्याउन पनि नभनेको जनाएको छ। स्पष्टिकरण पत्रमार्फत मन्त्रालयले ‘भगवान राम र उनीसँग सम्बन्धित अनेकन मिथकहरू चलनचल्तीमा छन् प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो’ उल्लेख छ।
र, प्रधानमन्त्रीको उक्त भनाई अयोध्याको महत्व र यसले बोकेको सांस्कृतिक मान्यता कमजोर बनाउन सार्वजनिक नभएको पनि प्रष्ट्याएको छ।
‘भारतले नक्कली अयोध्या खडा गर्याे, राम पनि नेपाली नै हुन्’ भन्दै सोमबार प्रम ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा अभिव्यक्ति दिएका थिए।
यससँगै खास अयोध्या वीरगन्जभन्दा पश्चिम ठोरी क्षेत्रमा रहे पनि भारतले नक्कली अयोध्या बनाएर नेपालमा सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए। उनको यो अभिव्यक्तिपछि भारतमा चर्को विरोध भइरहेको छ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/press-release-forein.png?resize=600%2C277)
प्रतिक्रिया