१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कोरोनाभाइरस : १ करोड ३२ लाखभन्दा बढीमा संक्रमण पुष्टि, ५ लाख ७५ हजारको मृत्यु



काठमाडौं, ३० असार । वर्ल्डोमिटर्सका अनुसार विश्वभर १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ । १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित छन भने ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार एकै दिन १ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७६ लाख ९१ हजार ४५१ संक्रमितमध्ये १ लाख १४ हजार २३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

एसियाली मुलुकहरूमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना संक्रमणमुक्त भएका छन् । ऐजेन्सीको सहयोगमा

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००