१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

मेघगर्जनसहित वर्षा हुने



काठमाडौं ३०, असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम आंशिकदेखि सामान्य बदली भएर वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो मेघगर्जन र चट्याङ पनि पर्ने सम्भावना रहेको छ। प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पनि महाशाखाले जनाएको छ।

वर्षापछि विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००