२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

पाँचथरमा बोलेरो दुर्घटना, २ जना गम्भिर



पाँचथर, २८ असार । पाँचथरमा बोलेरो दुर्घटना भएको छ । पाँचथरको कुम्मायक गाँउपालिका–३ मा विरुवा कन्ट्रक्सनको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तमोर कोरीडोरको काम गरीरहेको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी गइरहेको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा २ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टर मार्फतकाठमाडौं लैजाने तयारी भइरहेको बुझिएको छ । अन्य विवरण आउन बाँकी छ ।

प्रकाशित : २८ असार २०७७, आइतबार ००:००