काठमाडौं, २७ असार । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमित मध्ये ५० दशमलव ५ प्रतिशत कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो ।
बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै प्रतिशतका आधारमा ५०.५ प्रतिशत भाइरस मुक्त भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए ।
प्रतिक्रिया