२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

प्रदेश १ सरकारले साहित्य तर्फ पाँचथरका ओझालाई पुरस्कृत तथा सम्मान गर्ने



फिदिम, २६ असार । प्रदेश १ सरकारले पाँचथरका अग्रज साहित्यकार प्रेम ओझालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

प्रदेश १ सरकारको सामाजिक विकाश मन्त्रालय अन्तरगत गठित भाषा, कला,साहित्य , संस्कृति सम्मान तथा पुरस्कार छनौट समितिको बैठकले गरेको सिफारिस अनुसार यस बर्षको प्रदेश पुरस्कार तथा सम्मानबाट ओझालाई सम्मान गर्ने भएको हो ।

ओझासँगै प्रदेश १ का अन्य १२ जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएकोह हो । सरकारले साहित्यतर्फ रु ५० हजार रुपैंया सहित पुरस्कृत गर्ने भएको हो ।

ओझासँगै पुरस्कृत हुनेहरुमा इलामका डाक्टर नोवल किशोर राई, विराटनगरबाट माया पौडेल बिराटनगर, पथरीबाट वीरध्वज शिवा, विराटनगरकै अनुराधा सिं थापा, विराटनगरकै केशब रायमाझी, झापाबाट कविता नेपाल र मुनाराज शेर्मा, धनकुटाबाट उमानाथ घिमिरे, सोलुखुम्बुबाट डि वि किराँती, विराटनगरबाट कविराज पोखरेल, खोटाङकी पंच कुमारी परियार र वनारायण पंडित सुनसरीबाट रहेका छन् ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००