२० माघ २०८१, आइतबार । February 3, 2025

Uncategorized

थपिए ११८ जना कोरोना संक्रमित, निको भए ८ हजार ११ जना



काठमाडौं २६, असार । नेपालमा ११८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार गएको २४ घण्टामा ४ हजार ८१० जनाको पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्याका मानिसमा संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएको संक्रमितको सङख्या जोड्दा १६ हजार ६४९ पुगेको बताए। गएको २४ घण्टामा १२० जना निको भएर अस्पतालबाट घर फर्केका छन्।

यससँगै निको हुनेको सङ्ख्या ८ हजार ११ पुगेको छ।हाल देशभर २३ हजार ९१० जना क्वारेन्टिनमा छन्। ३५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००