२४ माघ २०८१, बिहिबार । February 6, 2025

Uncategorized

प्रम ओलीको पक्षमा माइतीघरमा प्रदर्शन (फाेटाे फिचरसहित)



काठमाडौं २६, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आज (शुक्रबार) पनि काठमाडौंमा प्रदर्शन भएको छ।

पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट ओलीको राजीनामा मागेपछि त्यसको विरुद्धमा युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।

राष्ट्रिय झण्डा बोकेर प्रर्दशन गरेका उनीहरूले ‘पाँच वर्षे स्थायीत्त्वका लागि ओली सरकार’ भन्दै नाराबाजी गरेका छन्।

यससँगै उनीहरूले भारत र भारतीय मिडिया लक्षित ‘विस्तारवाद, मुर्दावाद’ र ‘राष्ट्रिय एकता, जिन्दावाद’ जस्ता नारा पनि गुञ्जाएका छन्।

जारी स्थायी कमिटी बैठकपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००