२४ माघ २०८१, बिहिबार । February 6, 2025

Uncategorized

नेकपाको स्थायी कमिटी बैठक एक साता स्थगित



काठमाडौं २६, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। यसअघि चार पटक स्थगित भइसकेको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आजको लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए।

देशभर बाढी र पहिराले जनधनको ठूलो क्षति भएपछि राहत र उद्दारमा पार्टीपंत्तिलाई खटाउन बैठक स्थगित गरिएको श्रेष्ठको भनाइ छ।

‘देशभर भइरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कमिटीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’ ट्वीटरमा प्रवक्ता श्रेष्ठले लेखेका छन्।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००