२३ माघ २०८१, बुधबार । February 6, 2025

मुख्य खबर

नेकपा प्रवक्ता श्रेष्ठको भारतीय मिडियालाई चेतावनी : ‘बकवास बन्द गर’



काठमाडौं २५, असार । भारतीय सञ्चार माध्यमले नेपालको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको अनर्गल प्रचारले सीमा नाघेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताएका छन्।

भारतीय सञ्चार माध्यमहरूलाई लक्षित गरी बिहीबार ट्वीट गर्दै त्यस्ता खालका ‘बकवास’ बन्द गर्न श्रेष्ठले चेतावनी दिएका छन्। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ती नेपाली एक ढिक्का रहेको पनि उल्लेख गरेका छन्।

कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि भारत सरकारको प्रवक्ता जस्ता देखिएका भारतीय सञ्चार माध्यमहरूले नेपाल, नेपालका प्रधानमन्त्री र सरकारप्रति अनर्गल र आपत्तीजनक सामग्री प्रचार गर्दै आएका छन्।

बारम्बार त्यस्ता सामग्री प्रचार गरिरहेपछि नेकपा प्रवक्ता श्रेष्ठको पछिल्लो अभिव्यक्ति आएको हो।

उनले भारतीय सञ्चार माध्यमहरूलाई चेतावी स्वरूप ‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर’ नीति सफल हुन नदिने बताएका छन्।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००