२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

सिन्धुपाल्चोक बाढी अपडेट : भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक चिनियाँ प्राविधिक वेपत्ता



काठमाडौं, २५ असार । सिन्धुपाल्चोकमा आएको बाढीमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक चिनियाँ प्राविधिक वेपत्ता भएका छन् ।

बाढीका कारण आयोजनाका लागि ल्याइएको सामाग्रीहरु बगाउँदा अर्बौ मात्रामा क्षति भएको आयोजनाले जनाएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गए राति आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । १८ जना भन्दा वेपत्ता भएको बुझिएको छ ।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००