![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Samanta-Arvind-kumar-photo.png?resize=720%2C372)
काठमाडौं २५, असार । भारतले आफ्ना गुप्तचर प्रमुखसहितको ठूलो टिम नेपालमा परिचालन गरेको खुलासा भएको छ।
उत्तरी छिमेकी राष्ट्र चीनको नेपालका लागि राजदूत होउ यान्छीको एकातिर दौडधुप चलिरहँदा भारतले भने गुप्तचरको सिंगै टिमलाई परिचालन गरेको खुलासा भएको हो।
भारतीय सञ्चारमाध्यम ‘द पायोनियर’ ले नेश्लन सेक्युरिटी एजेन्सी, रिसर्ज एण्ड एनालाइसिस विङग र इन्टिेलिजेसन्स ब्युरोका प्रमुखहरू नेपाल आएको जनाएको छ।
सडकमार्ग हुँदै उनीहरू नेपाल प्रवेश गरेको नेपाली सैनिक स्रोतले पनि पुष्टि गरेको छ। यसरी भारतीय गुप्तचर निकायको बाक्लो उपस्थिति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा व्यवस्था अझ कडा पारिएको छ।
हालै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चारवटा सुरक्षा निकायको समन्वयात्मक बैठकमा प्रधानमन्त्री ओलीमाथि आन्तरिक तथा बाह्य सुरक्षा चुनौति रहेको विश्लेषण भएको थियो।
त्यसपछि सुरक्षा निकायहरूले एकीकृत रूपमा प्रधानमन्त्री ओलीको सुरक्षाका लागि आन्तरिक सुरक्षा रणनीति बनाएर लागु गरिसकेको छ। ओलीको निर्धारित कार्यक्रमहरू स्थगित गर्न पनि सुरक्षा निकायले सुझाएको छ।
शीतल निवास जान पनि प्रम ओलीको रूट यकिन गरेर सुरक्षा योजना तयार गरिएको एक उच्च सुरक्षा अधिकारीले बताए।
हालैका दिनमा काठमाडौंमा सुरक्षाकर्मीहरूको सङ्ख्या एकातिर बढाइएको छ भने अर्कातिर प्रधानमन्त्रीको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूको हतियार परीक्षण समेत गरिएको छ।
ती उच्च सुरक्षा अधिकारीले केही दिन यता सोल्टी र मेरियट होटलमा रअ प्रमुख समन्तकुमार गोयल, आइबी प्रमुख अरविन्द कुमारसहितका गुप्तचर प्रमुखहरू रहेको दाबी गरे।
भारतीय प्रधानमन्त्री चीनसँगको विवादीत भूमि लद्दाख पुगेको भोलीपल्ट शनिबार बेलुकी भारतीय गुप्तचरका प्रमुखहरू नेपाल आएको विवरणहरू आएका छन्।
उनीहरूले ओली सरकार ढाल्ने तयारी गरेको बुझिएको छ। यो जानकारीपछि नै प्रम ओलीले भारतले आफूलाई सत्ताच्युत गर्न खोजेको भनेर अभिव्यक्ति दिएको आशंका गरिएको छ।
प्रतिक्रिया