२० माघ २०८१, आइतबार । February 2, 2025

ग्लोबल

डब्लुएचओबाट अमेरिका अलग



काठमाडौं २४, असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका अलग भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रूपमै डब्लुएचओबाट अलग गरेको बताएका छन्।

उनले यसअघि कोरोना महामारी नियन्त्रणका लागि डब्लुएचओले चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएका थिए। यससँगै उनले अमेरिकालाई डब्लुएचओबाट अलग बनाउने घोषणा पनि गरेका थिए।

डब्लुएचओ संयुक्त राष्ट्रसंघको एउटा अंग हो। तर, डब्लुएचओले विश्वभरी महामारीको रूप लिएको कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको ट्रम्पको आरोप छ।

ट्रम्प प्रशासनको यो निर्णयलाई धेरै देशले असहमति जनाएका छन्। अब अमेरिकाबाट डब्लुएचओलाई हुने आर्थिक सहयोग पनि रोकिने भएको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००