२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

प्रहरी महानिरीक्षक ज्ञवालीको आज विदाइ



काठमाडौं २४, असार । प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले आज (बुधबार) देखि अवकाश पाउँदैछन्।

३० वर्षे सेवा हदका कारण आइजिपी ज्ञवालीले अवकाशमा पाउने भएका हुन्। उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नावय महानिरीक्षक (डिआइजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउने भएका छन्।

ज्ञवालीले गएको माघ २८ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। उनी प्रहरी संगठनमा निष्कलंकित अधिृकतको रूपमा चिनिएका थिए।

प्रहरी प्रधान कार्यालय नक्सालले आज ज्ञवालीसहितका तीन जना उच्च प्रहरी अधिकृतको विदाइ गर्ने भएको छ।

उनको विदाइपछि सरकारले २८ औं प्रहरी महानिरीक्षक पदमा हिजो (मङ्गलबार) नियुक्त गरेका शैलेश थापा क्षेत्रीलाई भोली (बिहीबार) फुली लगाएर स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००