काठमाडौं २२, असार । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
संक्रामक रोग ऐन २०२० अनुसार पक्रेर कारबाही गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए।
लकडान भइरहेपनि कोरोना संक्रमणको जोखिम रहेकोले उक्त कदम चालिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन, एकापसको कम्तीमा दुई मिटर राख्न पनि आग्रह गरेको छ।
हाल देशभर संंक्रमण फैलिएको छ। संक्रमण नियन्त्रण भन्दा पनि फैलिरहेको अवस्था छ। सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सर्बत्र विरोध हुँदै आएको छ।
प्रतिक्रिया