काठमाडौं २०, असार । सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिड–१९ मा ज्वरो अनिवार्य नभएको बताएका छन्।
गर्मीयाम र मनसुनको समय भएकोले ज्वरो आएमा डेंगु, टाइफाइड, स्क्रब टाइफसजस्ता मौसमी रोगहरूको संक्रमण हुन सक्ने बताए।
तर, स्वाद थाहा पाउने र सुँघ्ने शक्तिमा अचानक ह्रास आएमा भने त्यो कोभिड–१९ को लक्षण हुन सक्ने बताए। उनले सजक र सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।
सरूवा रोग विशेषज्ञहरूकाअनुसार कतिपय कोभिड संक्रमितहरूमा ज्वरो देखिएका छन्। कतिपयमा भने ज्वरो आएको देखिन्न।
मानिसहरू ज्वरो आए कोभिड लाग्यो कि भनेर त्रासमा रहँदा डा. पुनले ज्वरो अरू रोगको संक्रमण हुँदा पनि आउने बताएका हुन्।
प्रतिक्रिया