![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Minister-of-pakistan.png?resize=692%2C438)
काठमाडौं २०, असार । पाकिस्तानका विदेशमन्त्री शाह महम्मुद कुरैशीलाई कोरोना संक्रमण भएको छ। ट्वीटबाट उनले आफूलाई संक्रमण भएको बताएका छन्।
‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें, ममा कोभिड–१९ पाइएको छ’, उनले भनेका छन्, ‘अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु, घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु, कृपया मेरो लागि प्रार्थना गर्नुहोस।’
पाकिस्तानमा २ लाख २१ हजार बढी मानिसहरू कोरोना संक्रमित देखिएका छन्।संक्रमितमध्ये ४ हजार ५ ५१ जनाको मृत्यु भएको पाकिस्तानी सरकारले जनाएको छ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया