काठमाडौं २०, असार । बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर – ८ को मल्लेसीमा भीषण पहिरो गएको छ।
पहिरोले १७ घर पुरिएको र पहिरोमा पुरिएर सात जना बेपत्ता भएको स्थायीयले बताएका छन्।
पहिरो गएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीलाई खटाइएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
तर, पनि खोलामा बाढी आएको र पहिरोले बाटो पनि बगाएका कारण उद्दारका लागि गएका सुरक्षाकर्मीहरू पहिरोग्रस्त क्षेत्रमा जान नसकिरहेको प्रजिअ भण्डारीले बताए।
घटनाको एकीन विवरण आएको छैन।
प्रतिक्रिया