२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

कोरोना संक्रमित १५ हजार नाघ्यो, ३२ जनाको मृत्यु, ६ हजार बढी निको भए



काठमाडौं १९, असार । नेपालमा कोरोना संक्रमित सर्वाधिक आज (शुक्रबार) देखिएको छ। गएको २४ घण्टामा ७४० जना संक्रमित देखिएका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४ हजार ४८३ जनाको नमुना परीक्षण गर्दा हालसम्मकै सर्वाधिक संक्रमित देखिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएको सङ्ख्या जोड्दा संक्रमितहरू १५ हजार २५९ पुगेका छन्।

थपिएको संक्रमित पनि अछाममा बढी देखिएको मन्त्रालयले जनाएको छ। अछाममा २३० जना, कैलालीमा ५८ जना, बाजुरामा ५३ जना, डोटीमा ४७ जना, कञ्चनपुरका ४५ जना, बैतडीमा ४० जना, रौतहटमा २९ जना, डडेल्धुरा र झापामा २८/२८ जना, सिराहामा २४ जना, नवलपुरमा १९ जना, धनुषामा १६ जना र बझाङमा १४ जनामा संक्रमण पुष्टि भएको छ।

दैलेखमा १२ जना, बर्दियामा १० जना, नवलपरासी, दाङ र तनहूंँमा ९/९जना, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना, सुर्खेत र महोत्तरीमा ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतमा ३ जना तथा कास्की र पर्सामा २/२ जना संक्रमित देखिएका छन्।

चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङमा एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हालसम्म ३२ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने गएको २४ घण्टामा ८२३ जना निको भएर घर फर्किएका छन्।

र, हालसम्म संक्रमितमध्ये ६ हजार १४३ जना निको भएका छन्।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००