२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

लकडाउनमा प्रहरी कर्मचारी हौसलाका साथ अगाडि बढ्नुपर्छ : प्रहरी महानिरीक्षक ज्ञवाली



काठमाडौं १९, असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कोरोना भाइरसको कारणबाट उत्पन्न विषम् परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरू अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने बताएका छन्।

लकडाउनको समयमा महिला बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रणका लागि पनि प्रहरी गम्भीर भएर लागिरहेको उल्लेख गरे।

इलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन, आवास भवन र भान्छाघरको आज (शुक्रबार) उद्घाटन गर्दै महानिरीक्षक ज्ञवालीले समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरूले समेत आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्तलगायतको सहभागिता रहेको थियो।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००