![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/accident.jpg?resize=720%2C432)
काठमाडौं १९, असार । मोरङको बिराटनगर महनगरपालिका–१५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लु.४६ प. ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
सिरहाको मिर्चैया नगरपालिका–२ मलहनीयामा ना.४ ङच.४६८६ नम्बरको पिकअपले ना.५ ख.५९५० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर आज (शुक्रबार) बिहान दुर्घटना हुँदा पिकअपमा सवार सिरहाको सिरहा नगरपालिका–२२ हकपारा बस्ने २० वर्षीय वाजित खाँनको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मङ्गलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो।
दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया