काठमाडौं १९, असार । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाँउबाट पहेंलो रंगको धातुमा हिरा जस्तो देखिने पत्थरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ठूलो १ थान, सानो पत्थर १९ थान, निलम जस्तो देखिने पत्थर १३ थान, पन्ना जस्तो देखिने पत्थर १९ थान र रूबी जस्तो देखिने पत्थर २२ थान सहित काठमाडौंको टोखा नगरपालिका–३ धापासी बस्ने सुनसरीको धरान–१६ घर भएका ३९ वर्षीय बिक्रमसिंह चौधरी र टोखा नगरपालिका–१० बस्ने गोरखा धार्चे गाउँपालिका–६ घर भएका २३ वर्षीय सुरेश घले पक्राउ परेका हुन्।
बहुमूल्य धातु हिराको कारोबार हुन लागिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बा.७७ प ८५८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो।
प्रहरीले उनीहरूविरुद्द अनुसन्धान थालेको जनाएको छ।
प्रतिक्रिया