२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

गण्डकीको चार जिल्लामा ३२ जना संक्रमित थपिए



काठमाडौं १९, असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पतालमा परीक्षण गर्दा प्रदेशको चार जिल्लाका उक्त सङ्ख्याका मानिसहरूमा संक्रमण देखिएको हो।

नयाँ संक्रमितमध्ये नवलपरासीका १९ जना रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार नवलपरासीमा संक्रमितको सङ्ख्यामा बढ्दो क्रममा छ।

तनहूँमा पनि नौं जना संक्रमित थपिएका छन्। पर्वतमा तीन जना र बाग्लुङमा एक जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००