२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

करेन्ट लाग्दा दुई जनाको मृत्यु



काठमाडौं १८, असार । तनहूँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका ७४ वर्षीया मोतीमायाँ पन्थको करेन्ट लागेर मृत्यु भएको छ।

घर नजिकै कुखुराको खोरमा लगेको बिजुलीको तारबाट करेन्ट लागेपछि उनी बेहोस भएकी थिइन्। मुग्लिङ हाइवय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

बर्दियाको बारबर्दिया नगरपालिका–४ घोरपिट्टाका ४५ वर्षीय मनिराम थारूको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ। आफ्नै खेतमा रहेको बिजुलीको पोलको नाङ्गो तारमा समाउँदा उनलाई करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००