२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

खोलामा डुब्दा दुई जनाको मृत्यु



काठमाडौं १८, असार । काभ्रेको बनेपा नगरपालिका–६ पुण्यमाता खोलाको छेउमा पौडी खल्ने क्रममा डुब्दा एक बालकको मृत्यु भएको छ।

धुलिखेल नगरपालिका–९ शिरखण्डका ११ वर्षीय रूपेश चौलागाईको मृत्यु भएको हो। खोलामा डुबेका उनलाई गम्भीर अवस्थामा उद्दार गरिएको थियो।

तर, उपचारको क्रममा उनको शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो।

तनहूँका् भानु नगरपालिका–१ साखेटार बस्ने २३ वर्षीया तिलकुमारी गुरूङको सोही ठाउँमा रहेको चुदी खोलामा डुब्दा मृत्यु भएको छ। खोलामा नुहाउने क्रममा उनी डुब्न पुगेकी थिइन।

अचेत अवस्थामा उनको उद्दार भएको थियो। जिल्ला प्रहरी कार्यालय तनहूँकाअनुसार डुम्रेमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००