२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

अनुमति बिना ड्रोन उडाउने चार जना प्रहरी नियन्त्रणमा



काठमाडौं १८, असार । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाएको भन्दै मार्चिङ एण्ड प्रालिका कर्मचारी रवि शाक्यसहित चार जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मानवरहित ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सोही ठाउँमा रहेको माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००