काठमाडौं १८, असार । अमेरिकामा एकै दिन ५० हजारको सङ्ख्यामा नयाँ संक्रमित देखिएका छन्। यति धेरै सङ्ख्यामा संक्रमित देखा परेको यो पहिलो पटक हो।
कुनै पनि देशमा यसरी ५० हजार संक्रमित एकै दिनमा कहीँ पनि देखिएको थिएन।
त्यहाँका एक जना संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले प्रतिदिन संक्रमितको सङ्ख्या यस्तै अवस्था रहे एक लाख जना मानिसमा संक्रमण देखिने बताएको भोलीपल्ट संक्रमित ह्वात्तै बढेको हो।
अमेरिका राष्ट्रपतीय निर्वाचनको संघारमा छ। डोनाल्ड ट्रम्पले विशाल ¥याली निकाल्दै निर्वाचनको माहोल तताउँदै आएका छन्।
मानिसहरूलाई माक्स र सामाजिक दूरी कायम नगर्न उनले सार्वजनिक रूपमा बताउँदै आएका छन्। यस्तो अवस्थाका कारण संक्रमण दर दैनिक बढ्दो छ।
अमेरिकामा राष्ट्रपती ट्रम्पको अहंकारले संक्रमण तीब्र गतिमा बढ्ने देखिन्छ। गएको जुनको पहिलो साता २२ हजार जनामा र जुनको अन्तिम सातामा ४२ हजारको सङ्ख्यामा दैनिक संक्रमण देखिएको थियो। तर, जुलाई एक अर्थात् बुधबार (हिजो) ५० हजारमा देखिएपछि तनाब पनि चुलिएको छ।
अमेरिकाको पनि ऐरिजोना, क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससमा बढी देखिएका छन्।
प्रतिक्रिया