२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु



काठमाडौं १७, असार । सप्तरीको राजगढ गाउँपालिका–४ मा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

स.१ त ५८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर बुधबार (आज) बिहान दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने चालक ३२ वर्षीय अनिलकुमार मण्डलको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडा टिमुरबोटमा पनि ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ना. ७ त ४०४६ नम्बरको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका चालक सोही नगरपालिका–५ पुल्लाचौर बस्ने २३ वर्षीय रमेश भन्ने रेशम दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००