काठमाडौं १७, असार । नयाँ सुरक्षा कानुन उल्लङ्घन गरे हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने भएको छ।
चीनले बनाएको उक्त कानुन आजदेखि लागू भएको छ। चीनको संसदले हिजो (मङ्गलबार) पारित गरेको थियो। यो कानुन निक्कै विवादास्पद छ।
हङकङमा प्रजातन्त्र पक्षधर मानिसहरू आन्दोलित भएका छन्। चीनले ल्याएको कानुनले हङकङको स्वतन्त्रता खुम्चिने उनीहरूले बताउँदै आएका छन्।
चीनले स्वायत्त क्षेत्र हङकङमा आफ्नो प्रभाव बढाउन नयाँ सुरक्षा कानुन बनाएर लागू गरेको हो। यो कदमप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
हालै, शक्ति राष्ट्र अमेरिकाले पनि चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
प्रतिक्रिया