काठमाडाैं १६, असार । नवलपरासी पूर्वको गैंडाकोट गनरपालिका वडा नम्बर –१३ मा ६९ वर्षीय बुद्धिमान वाईबा मृत फेला परेका छन्।
देवचुली नगरपालिका वडा नम्बर–१ को दिव्यपुरी पोष्ट नजिकै नारायणी नदीमा मृत फेला परेका हुन्।
सोमबार साँझ मृत भेटिएका उनको मृत्यु के कारणले भयो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर–२ को सुवेदी गाउँ बस्दै आएकी ३५ वर्षीया पासाङ डोमा शेर्पा पनि मृत फेला परेकी छिन्।
सोही ठाउँमा रहेको स्याङ खोलामा ढुङ्गाको चेपमा शव अड्केको अवस्थामा फेला परेको प्रहरी चौकी मकालुले जनाएको छ।
घरबाट कसैलाई केही नभनी असार १२ गतेदेखि उनी बेपत्ता थिइन्।
मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर–८ को सिंगिया खोलामा पहिचान नखुलेका एक पुरुष मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार दिपायल शिलगढी नगरपालिका–३ को झोलुङ्गे पुल नजिकै सेती नदी किनारमा नवजात शिशुको शव फेला परेको छ।
प्रतिक्रिया