१९ माघ २०८१, शनिबार । February 2, 2025

समाचार

प्रहरीले हवल्दारले गोली हानी गरे आत्महत्या



काठमाडौं १६, असार । न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकले आत्महत्या गरेका छन्।

प्रहरी हलल्दार ओमप्रकाश खतिवडाले आफैंले बोकेको पेस्तोलबाट आफैंले गोली हानेका हुन्।

जिल्ला अदालत सुनसरीको छतमा गएर कञ्चटमा गोली हानी खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दाहिने तर्फको कन्चटमा गोली लाग्दा गम्भीर घाइते भएका खतिवडाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नयाव उपरीक्षक विनोद शर्माले बताए।

उनले आत्महत्या गर्नुको कारण भने खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १६ असार २०७७, मंगलबार ००:००