![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/Corona-lab.jpg?resize=632%2C317)
काठमाडौं १५ असार । ललितपुरमा कोरोना (कोभिड-१९) संक्रमित एक जनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
कोरोना परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया