१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

३५ जिल्लामा थपिए कोरोना संक्रमित ४३६ जना, संक्रमित पुग्यो १२ हजार ७७२ जना



काठमाडौं १४, असार । नेपालमा ४३६ जना कोरोना संक्रमित थपिएका छन्। गएको २४ घण्टामा देशको ३५ वटा जिल्लामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको सङ्ख्या जोडिँदा कूल कोरोना संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुगेको बताए।

सर्वाधिक बाजुरामा ६३ जना संक्रमित गएको २४ घण्टामा देखिएको छ। प्रवक्ता गौतमले महोत्तरीमा ५६ जना, गुल्मीमा ३८, प्युठानमा ३५, दाङमा ३४, बाजुरा र नवलपुरका ३१ /३१ जना, बाग्लुङमा २९, कैलाली, मोरङ र रौतहटमा १७/१७ जना, डोटीमा १३, रुपन्देहीमा १२ र धनुषामा १० जनामा कोरोना संक्रमित देखिएका छन्।

कपिलवस्तुमा ८ जना, उदयपुर, तनहूँ र अर्घाखाँचीमा ६/६ जना, कास्कीमा ५, खोटाङमा ४, झापा, दोलखामा पर्वत, म्यादी र पाल्पामा २/२ जना र सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा समान १/१ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए।

हालसम्म संक्रमितमध्ये ३ हजार १३ जना अस्पतालबाट निको भएर घर फर्केका छन्। २८ जनाको मृत्यु भएको छ।

सरकारकाले गएको २४ घण्टामा ४ हजार ९६२ नमुनाको परीक्षण गरेको छ।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००